अझै पत्ता लागेन कोरोना भाइरस उत्पत्तिको रहस्य

  • प्रकाशित मिति: चैत्र २१, २०७७ / सञ्चारलय
alt

काठमाडौं / कोरोना भाइरस उत्पत्तिको रहस्य पत्ता लगाउन चीनको भ्रमण गरेको विश्व स्वास्थ्य संगठनको टोली कुनै ठोस नतिजामा पुग्न सकेन । टोलीले थप अध्ययन आवश्यक रहेको जनाएको छ। संगठनले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा कोरोना संक्रमण अघिल्लो वर्षको डिसेम्बरमा सुरु भएको अथवा सो मितिभन्दा अघि नै फैलिएको हुन सक्ने उल्लेख छ ।

पहिचान भएको पहिलो बिरामीमा २०१९ डिसेम्बर ८ मा लक्षण देखिएको तर त्यसअघिका केस अध्ययन गर्न वैज्ञानिकलाई सेप्टेम्बरसम्मको जैविक नमुनाहरूको तथ्यांकमा पहुँच हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन सार्वजनिक गर्दै संगठनका महानिर्देशक डा। टेड्रोस अथानोम घेब्रेससले यो रहस्य पत्ता लगाउन थप अध्ययन आवश्यक रहेको देखिएको बताए।

चिनियाँ वैज्ञानिकसमेत सहभागी रहेको उक्त टोलीले यो वर्षको १४ जनवरीदेखि १० फेब्रुअरीसम्म चीनको स्थलगत भ्रमण गरेको थियो। ‘भाइरस उद्गमस्थल पत्ता लगाउन समय लाग्छ र विश्वलाई हामीले यो जानकारी गराउनैपर्छ कि यसले भविष्यमा हुने जोखिमलाई न्यून गर्न सहकार्य आवश्यक छ। कुनै एउटा अध्ययनले सबै उत्तर दिन सक्दैन,’ प्रतिवेदन सार्वजनिक गर्दै महानिर्देशक घेब्रेससले भने।


नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की