विद्यार्थीको बानी सुधार्न निर्घात कुटपिट र यातना

  • प्रकाशित मिति: चैत्र २१, २०७७ / सञ्चारलय
alt

काठमाडौं / गत वर्ष काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ का २५ र ७ का नौ जना विद्यार्थीलाई आन्तरिक परीक्षामा कम नम्बर ल्याएको भन्दै पाखुरा र नाडीमा पेन्सिल तिखार्ने ब्लेडले चिर्न लगाइन्।

२० पूर्णाङ्कको परीक्षामा १५ भन्दा थोरै नम्बर ल्याउने ३४ विद्यार्थीलाई उनले जति नम्बर नपुगेको हो, त्यति नै पटक ब्लेडले नाडीमा चिर्न लगाएकी थिइन् । घरपछि सिकाइको दोस्रो पवित्र थलो मानिने विद्यालय नै यातना थलो बन्दै गएको यी प्रतिनिधिमँलक घटना हुन्।

तर शिक्षकहरूले भने यस्तो घटनामा कमै गल्ती महसुस गरेको पाइन्छ । पढाइमा लापरबाही गरपछि बानी सुधार्न सामान्य दण्ड दिइएको उनीहरू बताउँछन्। दाङको घटनामा संलग्न शिक्षक विकले विद्यार्थीले लापरबाही गरेकाले सामान्य दण्ड दिएर सुधार्न खोजेको कान्तिपुरसँग बताएका थिए । ‘मैले गल्ती महसुस गरेको छु,’ उनले भने, ‘विद्यार्थीलाई यातना दिने मनसाय होइन ।’ तर विद्यार्थीको बानी सुधार्ने, अनुशासन र शिष्टता सिकाउने नाममा गरिने निर्घात कुटपिट र यातनाले विद्यालयमा त्रास सिर्जना हुने त छँदै छ, बाल मनोविज्ञानमा पनि असर परिरहेको मनोविद्हरूको तर्क छ ।

कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की