इटहरी / इटहरी २० सेउती पुल नजिकै मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाईते भएका छन् । घाइते हुनेमा को २३ प ६६०१ नम्बरको मोटरसाइकल चालक धरान–११ का वर्ष ३२ को विजय लामिछाने र मे १ प ९२०१ नम्बरको मोटरसाइकल चालक विराटनगर–१३ का वर्ष ३२ का खगेन्द्र पौडेल रहेका छन् ।
इटहरीबाट धरानतर्फ जादैँ गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनीहरुको उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठान लगिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्