काठमाडौं / आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर भएकोले आजको बैठक स्थगित भएको हो ।
पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्