विराटनगर । विराटनगर–१४ सिंघीया खोलानजिक ट्याक्टरले किचेर सह–चालकको मृत्यु भएको छ ।
को २ त २७३४ नम्बरको सडकमा गुडिरहेको ट्याक्टर आफै अनियन्त्रित भएर आज (आइतबार) बिहान सडकमा पल्टिदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी सह–चालक २५ वर्षीय कामेश्वर कामतको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
अचानक पल्टिएको ट्याक्टरले विराटनगर –१४ घर भएका सह–चालक कामतलाई किचेको थियो । उद्धार गर्न नपाउँदै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्