इटहरीमा बहुबर्षे आयोजना अन्तर्गत सबैभन्दा ठुलो सडक आयोजनाको शिलान्यास

  • प्रकाशित मिति: चैत्र २२, २०७७ / निर्मला सुबेदी
alt

सुनसरी / इटहरी उप–महानगरपालिकाको वडा नम्बर–७ मा भोलीदेखि नै काम सुरु गर्नेगरी बहुबर्षे आयोजना अन्तर्गत सबैभन्दा ठुलो आयोजनाको सडक शिलान्यास भएको छ ।

रामजानकी मन्दिर देखि नहर सम्म, मलङ्गबाबामार्ग, मलेक्षीमार्ग, शुभलक्ष्मीमार्ग र सिसौना मार्गको कल्भर्ट तथा सडक कालोपत्रे निर्माणको शिलान्यास इटहरी उप महानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले गरेका हुन् ।

साह निर्माण सेवा कम्पनी इनरुवाले २ करोड ५९ लाख, ३३ हजार रुपैंयामा पाएको उक्त आयोजनाको ठेक्का २०७७ चैतबाट सुरु भई २०७८ सालको फागुन महिना सम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो ।

इटहरी उपमहानगरपालिकाका इन्जीनियर जिवन घिमिरेका अनुसार बहुवर्षे योजना अन्तरर्गत बन्न लागेको ११ ओटा सडकमध्ये ५ ओटा सम्पन्न भईसकेको छ भने अन्य ६ ओटा सम्पन्न हुने क्रममा छन् । चालु आर्थिक वर्षमा सुचित भएको योजना मध्ये यो सबैभन्दा ठुलो रकमको योजना रहेको बताएका छन् ।

पहिला उक्त स्थानमा भएका बोटविरुवालाई हटाइ नयाँ २४० ओटा बोटविरुवालाई लागाउँदै एकदमै मजबुत ढंगबाट निर्माणको प्रत्येक चरणमा विभिन्न ल्याप टेस्ट गरी गुणस्तरीय सामग्रीहरुको प्रयोग गर्दै तिब्र गतिमा यस आयोजनालाई सम्पन्न गर्ने पालिकाका इन्जिनियर घिमिरेले बताएका छन् ।

इटहरी उपमहानगरपालिको पिछडीएको वडाको सूचीमा पर्ने यो वडा पिछडीएको वडाको सूचीबाट हटी एक समृद्ध वडाको रुपमा सूचीत हुने र यस क्षेत्रको स्वरुप नै परिवर्तन भई यहाँका आम जनताहरुको जीवनशैली सहज हुने स्थानीय गंगा खड्काले बताइन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की