काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३ हजार ५५८ जनामा संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड २५ लाख ८९ हजार ६७ पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४७८ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ६५ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६५ हजार १०१ पुगेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म एक करोड १६ लाख ८२ हजार १३६ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ५२ हजार ८४७ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
त्यस्तै अहिले भारतमा ७ लाख ४१ हजार ८३० कोरोनाका सक्रिय संक्रमित रहेका छन् । भारतमा अहिलेसम्म कुल २४ करोड ९० लाख १९ हजार ६५७ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ लाख ९३ हजार ७४९ नमुना परिक्षण गरिएको भारतिय सञ्चारमाध्यमले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्