पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

  • प्रकाशित मिति: चैत्र २३, २०७७ / सञ्चारलय
alt

काठमाडौं / जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ ।

भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर आउन पाइरहेका छन् । सीमावर्ती बजार रुपैडियामा किनमेल गर्न जानेहरूका लागि प्रहरीको रोकटोक नाम मात्रको छ ।

केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोनाको जोखिमबाट सर्वसाधारणलाई जोगाउन किनमेलका लागि रुपैडिया जान प्रतिबन्ध गर्ने निर्णय गरिए पनि कार्यान्वयनको अवस्थाबारे थाहा नभएको बताए। सीमा नाकामा नियमित अनुगमन के भइरहेको छ भन्ने जिज्ञासामा कुरुम्बाङले भने, ‘भोलिदेखि नै सीमामा कडाइ गरिनेछ ।’

हेल्थ डेस्कमा छैनन्

मेडिकल अधिकृतस्वास्थ्य सेवा विभागअन्तर्गत रोग नियन्त्रण महाशाखाले नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर ११ चैतदेखि हेल्थ डेस्क सञ्चालन गरेको छ । देशभरिका डेढ दर्जन सीमा नाकामा यस्तो व्यवस्था गरिएको छ। तर, जमुनाहास्थित हेल्थ डेस्क लक्ष्यको आधा कर्मचारीबाट चलेको छ । एक जना मेडिकल अधिकृतसहित ६ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा तीन जनाले मात्र काम गरिरहेका छन् । दिउँसो हेल्थ डेस्कमा पुग्दा एक जना ल्याब, अर्का अहेब र एक अनमी काम गरिरहेका थिए । सिफ्ट सकिएको भन्दै अनमी जाँदा दुई जनाले काम गरेको पाइएको थियो ।

अन्नपूर्ण पोष्ट दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की