काठमाण्डौ / आज सुनको मूल्य २०० रुपैँयाले घटेको छ ।
आइतबार प्रति तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तैगरि तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।
आइतबार तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्