ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० मा प्रदेश–१ को सानदार जित

  • प्रकाशित मिति: चैत्र २३, २०७७ / सञ्चारलय
alt

काठमाडौं । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश–१ ले पहिलो जित हाता पारेको छ ।प्रदेश–१ ले सोमबार लुम्बिनी प्रदेशमाथि १० विकेटको सानदार जित दर्ता गरेको हो ।

लुम्बिनीले दिएको १०५ रनको लक्ष्य प्रदेश–१ ले १३.२ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । प्रदेश–१ का लागि अविजित रहेका ओपनर द्वय कप्तान रुविना क्षेत्रीले ६८ र काजल श्रेष्ठले २५ रनको योगदान दिए ।

रुविनाले ४९ बलमा १२ चौका र १ छक्का प्रहार गर्दा काजलले ३२ बलमा ३ चौका प्रहार गरिन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि सस्वती जिएमले अर्धशतकीय पारी खेलिन् । ५० रनमा अविजित रहेकी उनले ६६ बलमा ५ चौका प्रहार गरिन् ।

कप्तान नेरी थापाले अविजित २० र अनुराधा नितु भण्डारीले १८ रनको योगदान दिए । प्रदेश–१ का सबनम राईले १ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भएको थियो ।

पहिलो खेलमा प्रदेश–१ ले नेपाल एपिएफ क्लबसँग ८ विकेट र लुम्बिनीले ललितपुर मेयर ११ सँग २७ रनको पराजय बेहोरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की