काठमाडौँ / भारतबाट आएका तीनजना नेपालीमा नयाँ प्रकारको कोरोना भाइरस (नयाँ भेरियन्ट) को संक्रमण पुष्टि भएको छ ।
हाल यस्तो किसिमको भाईरस पुष्टि भएसँगै थप सतर्कता अपनाउन लगाई कडा पारिएको छ ।
भारतबाट आएकाहरुको परीक्षण गर्दा कोरोना संक्रमण देखिएका मध्ये २० जनाको स्वाब नमूना नयाँ भेरियन्ट रहे–नरहेको पुष्टि गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ ल्याइएको थियो ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार उक्त परिक्षण गरिएका मध्ये तीनजनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
कञ्चनपुरका २२ वर्षे, डडेल्धुराका ३१ वर्षे र डोटीका ३० वर्षे पुरुषमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
संक्रमित तीनैजनाको अहिले घरमै आइशोलेशनमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्