काठमाडौं / नेपालको वायु प्रदूषणदर पुनः बढेको छ ।
केही दिन अगाडी प्रदुषण कम भएको काठमाडौँमा अहिले विश्वकै प्रदूषित सहर हुन पुगेको छ ।
घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।
प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका जानकारी गराएका छन् ।
जोसीले प्रदुषण अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि नियन्त्रण गर्नुपर्ने अवस्था बन्न सक्छ ।
हाल देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको जोसीले बताएका छन् ।
वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहने हुँदा जबसम्म डढेलो नियन्त्रण हुँदैन तबसम्म प्रदुषणको मात्रा थपिदै जाने उनले बताएका छन् ।
रसायन तथा ग्यासको मात्रा समेत बढ्दा वायुमण्डल सफा नहुने जोशीले जानकारी दिए तर त्यस्ता प्रदूषित वायु बनाउने ग्यासको मापन गर्ने प्रणाली नेपालमा उपलब्ध छैन ।
प्रदूषणको दर बडि रहँदा विश्वव्यापी सूचकाङ्कमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्