कोरोना संक्रमणका कारण भारतमा कक्षा १० को वार्षिक परीक्षा रद्द

  • प्रकाशित मिति: बैशाख ७, २०७८ / सञ्चारलय
alt

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि भारतमा कक्षा १० को वार्षिक परीक्षा रद्द गरिएको छ।

काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सिआइसिएसई) ले १० कक्षाको राष्ट्रिय तहमा हुने परीक्षा रद्द गर्ने निर्णय गरेको हो।

बोर्डले जारी गरेको वक्तव्यमा कोरोना भाइरस महामारीको बिग्रँदो अवस्थालाई मध्यनजर गरेर आइसिएसई अर्थात कक्षा १० को परीक्षा रद्द गर्ने निर्णय लिइएको उल्लेख छ।

विद्यार्थी तथा शिक्षकको सुरक्षा आफूहरुका लागि पहिलो प्राथमिकता रहेको बोर्डले जारी गरेको वक्तव्यमा छ।

बोर्डले विद्यालयहरुलाई कक्षा ११ मा भर्नाको पक्रिया थाल्न भनेको छ। कक्षा १० को नतिजाका लागि ‘सही र निष्पक्ष’ तरिका बनाउने र निश्चित गरिएको मितिमा नतिजा सार्वजनिक गरिने पनि बोर्डले जनाएको छ।

कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की