आज त्रिकोणात्मक टी–२० क्रिकेटमा मलेसिया र नेदरल्यान्ड्स बीच प्रतिस्पर्धा हुँदै

  • प्रकाशित मिति: बैशाख ८, २०७८ / सञ्चारलय
alt

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुने भएको छ ।

आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।

यसअघि दुई खेलमा जित निकालेको नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाउने योजनामा छ ।मलेसियालाई १५ रनले हराएको नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले हराएको थियो ।

सिरिजका दुई खेलमा कमजोर नतिजा निकाल्दै पराजित भएको मलेसिया आजको खेलमा जित निकाल्ने योजनामा छ । नेदरल्यान्ड्सले सिरिजमा तीन खेल खेल्दै ४ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।

यता, अंकविहीन मलेसिया भने पहिलो जितको खोजीमा हुनेछ । नेपाल ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा छ ।
राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की