नायक किशोर खतिवडाद्वारा विष सेवन गरी आत्महत्याको प्रयास

  • प्रकाशित मिति: बैशाख ८, २०७८ / सञ्चारलय
alt

काठमाडौं / नेपाली चलचित्रका नायक किशोर खतिवडाले विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । युवतीले आफूमाथि किशोरले लामो समयदेखि यौन शोषण गरेको र आफ्नो पेटमा किशोरको बच्चा रहेको आरोप लगाएपछी त्यही कारणले विष सेवन गरेको हुन सक्ने बताइएको छ ।

विष सेवन गर्न खोजे पनी उनका साथीले उनलाई रोकेका थिए । विष सेवनको कारण भने उनले खुलाएका छैनन् । किशोरलाई लक्ष्मी गदाल नामक युवतीले लामो समयदेखि लिभिङ टुगेदरमा रहेको आरोप लागाएकी छिन ।

ति युवतीले आफूमाथि किशोरले लामो समयदेखि यौन शोषण गरेको र आफ्नो पेटमा किशोरको बच्चा रहेको आरोप लगाएकी छिन् । किशोरले आत्महत्याको प्रयास गरेपछी उनलाई अस्पताल भर्ना गरिएको थियो । डाक्टरका अनुसार उनमा मदिराको असर र डिप्रेसनको लक्षण देखीएको बताएका छन् । अहिले आफू साथीहरुको कोठामा बसिरहेको किशोरले जानकारी दिए ।

पछिल्लो समय विवाहको सहमति भएर लक्ष्मी दुलहीको भेषमा भद्रकाली मन्दिरमा पुगेपनि किशोर आएनन् । उनले फोन पनि नठाएपछि लक्ष्मीले यूट्यूवरसामु रुवावासी गरेकी थिइन् ।

किशोर खतिवडाले करिब एक दर्जन चलचित्रमा अभिनय गरेका छन् । करिब ७ वर्षअघि उनले नेपाली चलचित्रमा डेब्यू गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की