सरकारको निर्णयलाई अवज्ञा गदै इटहरीका सबै विद्यालय खुल्ला :वैशाख १६ गतेदेखि वार्षिक परीक्षा सञ्चालन हुने 

  • प्रकाशित मिति: बैशाख ८, २०७८ / निर्मला सुबेदी
alt

इटहरी । सङ्घीय सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको भए पनि इटहरी उपमहानगरपालिकामा रहेका सबै विद्यालयहरू सञ्चालन भईरहेका छन् ।
 
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख महिनाभरि विद्यालय बन्द गर्ने निर्णय गरे तापनि स्थानीय सरकारको निर्णय अनुसार वार्षिक परीक्षाको अन्तिम चरणमा पुगेको हुनाले विद्यालय खोल्नु पर्ने अवस्था सिर्जना भएको हो ।
 
 सबै कक्षाको पाठ्यक्रम सक्न थोरै मात्र बाँकी भएको भन्दै १० गतेसम्म विद्यालय खोल्ने सुनसरी एन प्याब्सनका अध्यक्ष नारायण कुमार सञ्जेलले बताए  ।
 
 वैशाख ११ गतेदेखि १५ गतेसम्म बन्द गर्ने र  पुन १६ गतेदेखि स्वास्थ्य मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्ने अध्यक्ष सञ्जेलले बताए ।
 
 मङ्गलवार इटहरी उपमहानगरपालिकामा निजी तथा सरकारी विद्यालयका प्रतिनिधि, इटहरी उपमहानगरपालिकाको नगर शिक्षा समिति, शिक्षा महाशाखा, स्वास्थ्य महाशाखा, सामाजिक विकाश महाशाखाका प्रमुख लगायतको सहभागितामा यो निर्णय भएको हो । 
 
पहिलेको जस्तो संस्थागत विद्यालय खुल्ने तर सामुदायिक विद्यालय बन्द हुने जस्ता समस्या नदेखिने गरी सबै विद्यालय खोलेको इटहरी उपमहानगरपालिकाका शिक्षा अधिकृत फाल्गुनी प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
 
अनलाइन कक्षा सञ्चालन गर्दा पनि सबै विद्यार्थी इन्टरनेटको पहुँचमा नहुने र वार्षिक परीक्षा गर्ने समय भएकाले पाठ्यक्रम सकेर परीक्षा सुरु गर्नु पर्ने भएकाले विद्यालय बन्द गर्न नसकिने सरस्वती सतन माध्यमिक विद्यालयका प्रधानाध्यापक वासुदेव करणले बताए ।
 
उनका अनुसार सम्पूर्ण सरोकारवाला मानिसहरूको व्यक्तिगत जनगुनासो जे जस्तो भएता पनि हाल परीक्षा सञ्चालन गर्नु उपयुक्त रहेको उनको भनाई छ ।
 
यता सरकारले वैशाख मसान्तसम्म सहरका विद्यालय बन्द गर्ने निर्णय गरेता पनि इटहरीका विद्यालयहरू सञ्चालन भई पठनपाठन हुँदा विद्यार्थीहरूमा संक्रमण फैलिने होकी भन्ने त्रास बढेको अभिभावकहरूको गुनासो छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की