कोरोनाकालमा पनि बैंकको व्यवसाय साढे २५% ले वृद्धि

  • प्रकाशित मिति: बैशाख ९, २०७८ / सञ्चारलय
alt

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन ।

अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव)२०७६र७७ को चैतसम्मको तुलनामा चालू आव २०७७र७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ ।

यसअवधिमा २७ ओटा वाणिज्य बैंकहरूबाट ७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरूबाट कर्जा वृद्धि हुँदा चालू आवको चैतसम्ममा कुल कर्जा प्रवाह रू.३५ खर्ब ७३ अर्ब पुगेको छ । यसअघिको चालू आवसम्ममा वाणिज्य बैंकको कुल कर्जा २८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको थियो ।

गत आवको चैत १० गतेदेखि यता ३ महीनासम्म पूर्णरूपमा बन्दाबन्दी भयो र यसपछि आंशिक रूपमा खुले पनि यस बीचको १ वर्षमा वाणिज्य बैंकहरूको व्यवसाय सन्तोषजनक भएको बैंकरहरू बताउँछन् ।

आर्थिक अभियान दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की