कोरोना संक्रमणको उच्च जोखिम बढे्सँगै सबै परीक्षा स्थगित

  • प्रकाशित मिति: बैशाख १३, २०७८ / बिनिता कटुवाल
alt

काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले सञ्चालन भइरहेको सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

अइतबार बसेको सिसिएमसीको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले संक्रमण उच्च रहेका सहरमा भौतिक कक्षा बन्द गरी वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निर्णय गरे पनि पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्ने भनेको थियो ।

संक्रमण बढ्दै गएपछि सिसिएमसीले परीक्षा समेत स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविलगायतका बोर्ड परीक्षा सञ्चालन भइरहेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले सोमबारको परीक्षालाई निरन्तरता दिएर अन्य परीक्षाका विषयमा सरकारबाट आधिकारिक जानकारी आएपछि निर्णय गर्ने बताए ।

त्रिविले १७ वैशाखदेखि स्नातकोत्तर तह तेस्रो सेमेस्टरका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की