झापामा मोटरसाइकल एकआपसमा ठोक्किँदा सुनसरीका दुईसहित तिनजना घाइते

  • प्रकाशित मिति: बैशाख १३, २०७८ / सञ्चारलय
alt

झापा । झापाको पाडाजुङी गौरीगञ्ज सडक खण्ड अन्तर्गत गौरादह नगरपालिका १ स्थित सितापुरी भन्ने स्थानमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।

को २ प ५४१३ नम्बरको उत्तरबाट दक्षिण तर्फ जादै गरेको मोटरसाइकल र मे ११ प २०६९ नम्बरको विपरीत दिशाबाट आइरहेको मोटरसाइल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी सुनसरीका दुईसहित तिनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा झापाको गौरीगञ्ज गाउँपालिका (२ का २१ वर्षीय विशाल ताजपुरिया, सुनसरी स्थित झुम्काका ४५ वर्षीय मेनाइ सरदार र इटहरी उपमहानगरपालिका १३ का २५ वर्षीय भोला सरदार रहको दमक ट्राफिक प्रमुख दिलिप चौधरीले जानकारी दिए ।

घाइतेहरुको दमक स्थित लाइफलाइन अस्पतालमा प्राथमिक उपचार पछि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

दुवै मोटरसाइकल गौरादह प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की