इटहरीमा सवारी साधनलाई व्यवस्थित गर्न स्मार्ट पार्किङ बन्दै  

  • प्रकाशित मिति: बैशाख १४, २०७८ / निर्मला सुबेदी
alt

 इटहरी / सुनसरीको इटहरी बजारमा सवारीसाधन पार्किङको समस्याबाट बन्चित रहनका लागि स्मार्ट स्मार्ट पार्किङ बन्दै छ ।
 
जताततै अव्यवस्थित पार्किङले सहर नै कुरूप बनी व्यापारी तथा पैदल यात्रीलाई पुगेको समस्यालाई ध्यान दिँदै यो निर्माण कार्य सुरु गरिएको हो। 
इटहरी उपमहानगरपालिकाले एकै पटक झन्डै १ सय वटा साना सवारी साधन पार्किङ गर्न मिल्ने गरी अत्याधुनिक पार्किङ स्थल बनाउने तयारी गरेको छ । 
 
इटहरी उपमहानगरपालिकाले इटहरी भित्र हुने गरेको अव्यवस्थित पार्किङलाई स्थायी रूपमा व्यवस्थित गर्न स्मार्ट पार्किङ बनाउने तयारी थालेको पालिकाका इन्जिनियर जीवन घिमिरेले बताएका छन् ।
 
पालिकाको झन्डै १४ करोड रुपैंया लागतमा  पालिकाको वडा नम्बर ६ मा पर्ने ट्याङ्रा पुल नजिकै र पालिकाको कार्यालय परिसर भित्र गरी २ ओटा पार्किङ स्थल बनाउन थालेको इन्जिनियर घिमिरेले बताएका छन्। 
 
उनका अनुसार पालिकाको २ कट्ठा जमिनमा ट्याङ्रा खोला नजिकै झन्डै १ सय ओटा साना सवारी अट्ने छन् । कार्यालय परिसर भित्रका पार्किङ स्थलमा १५ देखि २५ ओटा अट्ने गरी बनाउन  थालिएको छ । गत वर्षदेखिको योजनामा कोरोनाको प्रभावले असर भएपछि  चालु वर्षमा भने काम सुरु गर्न बोलपत्र आह्वान भइसकेको उनको भनाई छ । 
 
पालिकाले बनाउँदै गरेको स्मार्ट पार्किङ सञ्चालनमा आएपछि पालिकाको निर्णयअनुसार निःशुल्क र सशुल्क दुवै हुनेछ । पालिका परिसरमा पार्किङ गरेका सवारी साधनको निःशुल्क पार्किङ गरिनेछ भने ट्याङ्रा पुल नजिकै बन्ने स्मार्ट पार्किङमा भने सशुल्क हुने इन्जिनियर घिमिरेले जानकारी दिएका छन् ।
 
प्रदेश १ को मुख्य केन्द्र इटहरी भएकोले यहाँ प्रशस्त मात्रामा सवारी साधनको भिड भाड हुनाले सडक व्यस्त भइरहन्छ । अव्यवस्थित पार्किङले सवारी दुर्घटना भई धेरै मानिसको मृत्यु समेत हुने गरेको छ । यस्ता समस्याको समाधान गर्न इटहरी उपमहानगरपालिकाले बनाउँदै गरेको पार्किङ स्थल समय सान्दर्भिक  र प्रभावकारी हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की