इटहरी उपमहानगरद्वारा वजार अनुगमन: ब्यवसाय अनुमति पत्र नभएका पसललाई ३ दिनभित्र अनुमति लिन निर्देशन

  • प्रकाशित मिति: बैशाख १६, २०७८ / बिनिता कटुवाल
alt

इटहरी । इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा वजार अनुगमन गरिएको हो ।

हिजो (बुधबार) खादय समाग्री वेचविखन गर्ने ९ वटा पसलको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भटटराईले जानकारी दिए ।

bazar2

भटटराइँका अनुसार एउटा पसलमा तीन वटा जाम म्याद गुज्रिएको पाइएकोले जफत गरि नष्ट गरिएको छ । ब्यवसाय अनुमति पत्र नलिइ संचालित एक पसललाई तीन दिन भित्र अनुमति लिन निर्देशन दिइएको छ । काजु,किसमिस,वदाम विना लेवल वेचखिन गरेको पाइएको छ ।

खादय प्रविधि तथा गुण नियन्त्रण कार्यालय वाट इजाजत लिएर लेवल राखेर मात्र वेचविखन गर्न निर्देशन दिइएको छ । इटहरीमा वजार अनुगमनलाई निरन्तरता दिइने उपमेयर गौतमले बताईन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की