आयो क्लासिकटेकको "तूफान"

  • प्रकाशित मिति: बैशाख १७, २०७८ / सञ्चारलय
alt

इटहरी / नेपालको अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक संस्था क्लासिकटेकले आफ्नो तूफान अफर सार्वजनिक गरेको छ । कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राही को आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो । घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी " तूफान" अफर सार्बजनिक गरेको हो ।

उक्त अफरमा सेवाग्राहीले ५० Mbps देखि १०० Mbps सम्मको हाइ स्पिड ईन्टरनेट र फ्री IPTV पनि पाउनेछन् । उक्त तूफान अफरमा ५० Mbps अन्तर्गत प्रती महिना रु.१,२५० को दरमा १ बर्षको लागि रु.१५,००० रुपैयाँ (भ्याट बाहेक) जसमा २ IPTV नि:शुल्क हेर्न पाइनेछ तथा ८० Mbps अन्तर्गत ३ IPTV सम्म प्रति महिना रु.१,४०० का दरले रु.१६,८०० र १०० Mbps अन्तर्गत ३ IPTV सम्म प्रती महिना रु. १,८०० को दरले रु.२१,६०० मा जडान गर्न सक्नुहुनेछ ।

क्लासिकटेकको इन्टरनेट संग IPTV को ५० भन्दाबढी HD च्यानलहरु र १०० SD च्यानलहरु नि:शुल्क हेर्न पाउनुहुने छ । साथै सबै पुरानो तथा नयाँ टि.भी मा पनि Youtube हेर्न पाउनु हुनेछ ।

यति मात्र नभइ कम्पनीले आफ्नो पुरानो ग्राहकहरुको लागि रिचार्ज अन्तर्गत तूफान रिचार्ज अफर प्याकेज पनि सार्बजनिक गरेको छ । जस अन्तर्गत पुरानो ग्राहकहरु ले कुनै पनि प्याकेज तूफान ५० Mbps, तूफान ८० Mbps र तूफान १०० Mbps मा रिचार्ज गर्न पाउनु हुनेछ । ३०% सम्म क्यास डिस्काउन्ट प्राप्त गरी रु. १०,४५८ बाचाउनु हुनेछ भने २ महिना बोनस पनि प्राप्त गर्नु हुनेछ । । साथै अन्य प्याकेज अफरहरु का लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्न सक्ने बताएको छ ।

कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ म्यानेजर बिनय कुमार अधिकारीका अनुसार इलेक्ट्रोनिक अत्याधुनिक डिजिटल प्राविधि IPV6 मोडेलमा बिस्तार गराउन सफल क्लासिकटेक ईन्टरनेट कम्पनी भरपर्दो र गुणस्तरीय रहेको र यसै अनुसार सेवा दिइदै आएको बताउनु भयो। ठुलो नेट्वोर्क रहेको क्लासिकटेकले १०३ वटा शाखा बिस्तार गरि सेवा प्रबाह गरिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की