आजको राशिफल

  • प्रकाशित मिति: बैशाख १९, २०७८ / सञ्चारलय
alt

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साता फलदायी रहनेछ।प्रारम्भमा एकपछि अर्को अवसर आउनाले उत्साहित भइनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा खर्चिलो कामको योजना अघि बढ्नेछ। लगानी जुटाउन ऋण–सापट लिनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रारम्भमा स्वास्थ्य कमजोर रहनेछ भने काममा पनि बाधा हुन सक्छ। सोमवारदेखि स्थिति अनुकूल हुनाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। राजनीति तथा नोकरीमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। बुधवारदेखि आयस्रोत सबल बन्नुका साथै प्रशस्त आम्दानी हुनेछ। उठ्नुपर्ने रकम पनि लाभांशसहित हातलागी हुनेछ। अप्ठ्यारो समयमा पनि व्यवसायले राम्रो फाइदा दिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहे पनि यो साता केही उतारचढावमय रहने देखिन्छ। कामको योजना खर्चिलो हुनेछ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। श्रमपूर्वक काम गर्दा समेत जस नपाइएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बलजफ्तीले काम बिग्रन सक्छ। अर्थ अभावले पनि सताउन सक्छ। अरूका लागि आफ्नो महत्त्वपूर्ण समय खर्चनुपर्ला। सप्ताहान्तमा टाढिएका साथीभाइ नजिकिनेछन्। लगनशीलताले अवसर पनि दिलाउनेछ। मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रारम्भमा केही चुनौतीसँग लड्नुपर्ला। अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। सोमवार र मंगलवार मनग्य आम्दानी हुनेछ र व्यवसायमा पनि फाइदा हुनेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। बुधवारदेखि नियमित काममा बाधा पुग्नेछ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूका लागि समय खर्चनुपर्ला। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले धेरै समस्या समाधान हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान्य प्रतिस्पर्धामा उत्रनुपरे पनि साताको अधिकांश समय फलदायी रहनेछ। हिम्मतले काम लिँदा लाभ उठाउन सफल भइनेछ। नियमित काममा विशेष लाभ हुनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। सप्ताहान्तमा स्वास्थ्य कमजोर हुनाले काममा पनि बाधा हुने देखिन्छ। परिबन्धले आकस्मिक खर्च बढ्नेछ।अरूको स्वार्थमा उपयोग भइए पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुरुमा विवादास्पद काममा जुट्नुपरे पनि महिना फलदायी रहनेछ। साथीभाइको साथ–सहयोग जुट्नाले धेरै काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। परिस्थितिमा सुधार आउनेछ भने आँटले काम लिन सकिनेछ। मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्नुपर्ला। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। साताको बीचमा स्वास्थ्य कमजोर रहला। अनायासै काम बिग्रने डरले पनि सताउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मंगलवारसम्म केही उतारचढावको समय रहेको हुँदा सावधान रहनुपर्ला। पहिले दिएको वचनले व्यवहारमा समस्या निम्त्याउन सक्छ। साथीभाइ टाढिनेछन्। स्वास्थ्य कमजोर रहनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। बुधवारपछि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। व्यापारमा मनग्गे फाइदा हुने समय छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मित्रता र प्रेमको गाँठो समेत कसिने सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रारम्भमा स्वास्थ्य समस्याले काम पनि रोकिन सक्छ। समयमा होस नपुर्याउनाले केही पछि परिनेछ। तर बिस्तारै काम बन्नाले उत्साह जाग्नेछ। नयाँ पेसा सुरु गर्ने अवसर जुट्नेछ। भौतिक साधन प्रप्त हुनेछन् भने राम्रै आम्दानी र लाभांश प्राप्त हुनेछ। बुधवारदेखि परिवारमा असमझदारी बढ्नाले केही समस्या आउन सक्छन्। आफन्तजनमै ईर्ष्यालु मनोवृत्ति बढ्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। आँट गर्न नसक्दा काममा पनि पछि परिनेछ। विवादास्पद कामले केही चुनौती निम्त्याउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रारम्भमा आलोचकहरूले बाधा पुर्याए पनि सोमवारदेखि सहयोगीले साथ दिनेछन्। विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुनेछ। पहिलेको स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। बुधवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। घरमा सहमति नजुट्नाले लक्ष्यमा पुग्न पनि बाधा पर्नेछ। साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। स्वास्थ्य र अध्ययनमा कमजोरी देखा पर्नेछ। शुभचिन्तकहरू टाढा हुनाले पनि व्यवहारमा दुस्ख पाइनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुरुमा केही खर्च लागे पनि पारिवारिक भेटघाटले रमाइलो माहोल बन्नेछ। तारिफयोग्य काम गर्दै समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। तर आफ्ना लागि मिहिनेतको फल तत्काल प्राप्त नहुन सक्छ। बीचमा केही वादविवादमा परिएला। विगतका कमजोरी बाहिर आउनाले आलोचकहरू बढ्न सक्छन्। फजुल खर्च पनि बढ्नेछ। बुधवारदेखि स्थितिमा सुधार आउनाले प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। विगतका कमजोरी सच्याउन सकिनेछ। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। सप्ताहान्तमा पारिवारिक असमझदारी बढ्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रारम्भमा राम्रो आयआर्जन हुनाले अर्थ अभाव टर्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोमवार र मंगलवार खर्चिलो काम गर्नुपर्ने हुँदा केही जोहो गर्नुपर्ने देखिन्छ। साँच्चिकै अर्थअभाव अनुभूति हुनेछ। बुधवारदेखि विभिन्न कामका अवसर प्राप्त हुनेछन्। रमाइलो भेटघाट र खानपानको अवसर प्राप्त हुनेछ। तर स्वास्थ्य कमजोर रहनेछ। विवादास्पद कामको जिम्मेवारी सम्हाल्नुपर्ला। आलोचकहरूको चलखेल बढ्नेछ। तापनि सप्ताहान्तमा केही अवसर पाइनेछ। स्रोत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रारम्भमा विवादास्पद कामले अलमल्याउन सक्छ। अरूको मुख ताक्ने बानीले काममा विलम्ब हुनेछ। सोमवार र मंगलवार विशेष अवसर जुट्नुका साथै मनग्य आम्दानी हातलागी हुनेछ। भौतिक साधन पनि जुट्नेछन्। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिवश बुधवार र बिहीवार अधिक खर्च बढ्नेछ। अर्थ अभाव देखा पर्नाले चिताएको काममा पनि बाधा पुग्न सक्छ। आफ्नै परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। सप्ताहान्त अनुकूल बन्नाले धेरै समस्या समाधान हुनेछन्। आफन्तसँग निकटता बढ्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की