एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

  • प्रकाशित मिति: बैशाख १९, २०७८ / सञ्चारलय
alt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ ।

गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनबारे उल्लेख गरिएको छ ।

वडा अधिवेशन ५ भदौ, पालिका अधिवेशन १५ भदौ, जिल्ला अधिवेशन ३० भदौ र २३ असोजमा प्रदेश अधिवेशनको कार्यतालिका रहेको छ । सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिनेछ ।

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरी एमाले ब्युतिँएपछि पार्टीमा भएका निर्णयको जानकारी गराउँदै अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै त्यसको कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

जारी निर्देशनमा अध्यक्ष ओली आफ्नो राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटीको गठन, पार्टीमा भएका अनुशासन कारबाहीलगायत समावेश गरेका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको उपस्थितिबिना बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरलद्वारा संगठनात्मक प्रस्ताव प्रस्तुत गरिएको थियो । पोखरेलको प्रस्तावलाई बैठकले सुझावसहित पारित गरेको थियो ।

                                                                                             राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की