कोरोनाका कारण अभिनेत्री गीता बहलको मृत्यु

  • प्रकाशित मिति: बैशाख १९, २०७८ / सञ्चारलय
alt

एजेन्सी । मुम्बई– सन् ९० को दशकमा अभिनेता ऋषि कपूरदेखि लिएर शत्रुघ्न सिन्हाजस्ता ठूला स्टारका साथ अभिनय गरेकी अभिनेत्री गीता बहलको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि गीतालाई १९ अप्रिलमा मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको थियो ।

गीताको स्वास्थ्य अवस्थामा खराब हुँदै गएपछि उनलाई अप्रिल २६ मा आइसीयूमा सारिएको थियो । उनलाई दुई दिन अघि भेण्टीलेटरमा राखिएको थियो ।उनको उपचारका क्रममा शनिबार राती मृत्यु भएको हो । उनी ६४ वर्षकी थिइन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार गीता सन् ८० देखि ९० को दशकमा कैयौं फिल्ममा अभिनेताका रुपमा काम गरेका अभिनेता रवि बहलकी बहिनी हुन् ।

गीतासँगै उनका दाजु रवि, उनकी ८५ वर्षकी आमा र घरमा काम गर्ने एक महिला कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । तर घरमा आइसोलेसनमा रहेका तीनजना अहिले स्वस्थ भइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की