रामेछापमा आगलागीमा परी वृद्ध दम्पतिको मृत्यु

  • प्रकाशित मिति: बैशाख २०, २०७८ / सञ्चारलय
alt

काठमाडौं । रामेछापमा आगलागीमा परी वृद्ध दम्पतिको मृत्यु भएको छ ।

उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराती करिब १२ बजे आगलागी भएको हो ।

उक्त आगलागीमा परी श्रीमान् र श्रीमती ७८ वर्षीय काधनबहादुर कार्की र ६८ वर्षीया सिता कार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नवराज ढुंगानाले जानकारी दिए ।

प्रहरीका अनुसार ढुंगा माटोले बनेको दुुईतले घरमा राती अकस्मात आगलागी भएपछि छोरा ३५ वर्षीय मनोहर कार्की, उनकी श्रीमती ३२ वर्षीया कल्पना कार्की र ३ वर्षीया छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर हाम फालेर बाँच्न सफल भएका थिए ।

के कारणले आगो लाग्यो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की