झापाको कोइला उद्योगमा भीषण आगलागी, आगो नियन्त्रणका लागी ६ स्थानीय तहको दमकल प्रयोग

  • प्रकाशित मिति: बैशाख २०, २०७८ / सञ्चारलय
alt

झापा । झापा मेचीनगर १५ ज्यामिरगढीस्थित एउटा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

निलकोठी भन्ने ठाउँमा रहेको पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा आगलागी भएको हो ।

प्रहरीका अनुसार उद्योेगी चण्डी पराजुली र आदित्य पराजुलीले सञ्चालन गरेको वायोमासमा आज बिहान ३ बजेदेखि आगो सल्कन शुरु भएको र आगलागी के कारणले भएको हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागी मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल गापा, दमक र उर्लाबारीको ६ वटा दमकल सहित स्थानीय, सशस्त्र र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी रहे पनि आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ

फ्याक्ट्री भित्र कोइला उत्पादनका कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधन समेत रहेकाले क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की