सुनसरीमा सङ्क्रमण दर उच्च, निषेधाज्ञा प्रभावकारी भएन

  • प्रकाशित मिति: बैशाख २०, २०७८ / कृष्ण कार्की
alt

इटहरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले २५० जना सक्रिय कोरोना सङ्क्रमित हुँदा गत शुक्रवार १२ बजे मध्य राती देखी लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । तर पनि सुनसरी जिल्लामा निषेधाज्ञा प्रभवकारी नहुँदा सङ्क्रमित ह्वातै बढेकाे छ । 

नयाँ भेरियन्टको कोभिड १९को महामारीका रूपमा फैलिरहेको र उच्च जोखिममा रहेको जिल्ला सुनसरीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय १२ पुगेको छ भने ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार १९ गते साँझसम्म प्राप्त विवरण अनुसार जिल्लाको कुल सङ्क्रमित ५ सय नाघेको हो । 

अत्यावश्यक काम भन्दा बाहेक घर बाहिर ननिस्कन प्रशासनले भने पनि निषेधाज्ञा उल्लङ्घन गर्ने गरेको स्थानीय बताउँछन् । पसल बिहान ६ बजे देखि बिहान ११बजे सम्म सञ्चालन गर्न दिने र सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरे पनि बजार क्षेत्रमा मानवीय चहलपहल हुने गरेको स्थानीयहरूको गुनासो छ । निषेधाज्ञा हुँदा पनि मानीसहरूरको चहलपहल पहिले र अहिले उतिकै छ । थप कडा नगरे सङ्क्रमणले उग्ररूप लिने स्थानीय बताउँछन् । 

जिल्लामा दिनप्रतिदिन कोभिड १९को सङ्क्रमितहरूको सङ्ख्या बढी रहेकोले जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की