एमालेको उमेद्वार बादल ; तिलस्मी व्याकरण ; कुरूप हिज्जे

  • प्रकाशित मिति: बैशाख २६, २०७८ / सञ्चारलय
alt

झट्ट सुन्दा अनपत्यार ,तिलस्मी नै लाग्छ अपितु पछिल्लो समयको स्खलित राजनीतिक परिवेश ,घटनाक्रम अनि नेताका आदत र स्वार्थले नेतृत्वलाई यही उभिन बाध्य बनायो अनि जनता र कार्यकर्ताहरूलाई नेताका च्यातिएका सिद्धान्तका मुखौटा देखेर यथार्थ स्विकार्न थप सहज बनायो |

२०४६ साल ताका भारतको विहार स्थित पलामु जङ्गलमा १५ दिने फौज तालिम लिएर जनयुद्धको ट्रायल गर्ने उद्देश्यले गोरखाको सिरान चोकमा हतियार चलाउन र युद्धको तालिम दिने प्रचण्ड र बादल नै थिए| | पछि २०४८ मङ्सिरमा चितवनको गरिएको एकता केन्द्रको १५ दिने राष्ट्रिय महाधिवेशन चिनिया मोडलको दीर्घकालीन जनयुद्धको लाइन पास गर्‍यो |

जनयुद्ध गर्ने तय भए पनि हतियार नभएकोले प्रचण्ड र बादल नै थिए हतियारको जोहो गर्न दौड धूप गर्ने |प्रचण्ड र बादल मनांङ्गका गणेश बहादुरको गुरुङ को घरबाट १० हजारमा दुहिओटा राइफल किनेर मनाङ नै घर भएका देव गुरुङले रातारात लुकाएर गोरखा पुर्‍याएका थिए | रामपुर क्याम्पस पढ्दा वामपन्थी आन्दोलनमा होमिएका बादल मशाल केन्द्रका पनि उतिकै सक्रिय थिए |

कृषि इन्जिनियरिङ्ग पढ्न सोभियत सङ्घ गएका बादल पञ्चायती विरोधी आन्दोलन चर्केपछि पुन फर्केर प्रचण्डको साथ भूमिगत भए | जनयुद्ध ताका एउटा स्लोगनले निकै चर्चा पायो “काँग्रेस लाई खोजी खोजी ,राप्रपालाई रोजी रोजी एमालेलाई सोची सोची ” नारा नै थियो | त्यही अनुरूप प्रहार केन्द्रित पनि गरे  | इतिहासका यस्ता पाना पल्टाउँदा एमालेसँग बादलको साइनो सिकारी र सिकारको झैँ देखिन्थ्यो |

बरु राजासँगको दुरी छोटिएर आपसी सामिप्यता बढ्न सक्ने ढोका भने २०५७ सालको पन्जाबको दोस्रो राष्ट्रिय सम्मेलनले खोलेको थियो | तर आजको राजनीतिक परिस्थिति ,परिवेश के बन्यो ? बाघ र हरिणको जस्तो सम्बन्ध सर्प र मणि को जस्तो कसरी बन्यो ? के को वाशिभूतमा परे बादल ? कसको अधिनास्थमा फसे ,कुन स्वार्थले बादललाई एमालेमा मुन्ट्यायो ? प्रभाव के को चिन्ह कि चिन्तन

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की