स्पेनिस ला लिगा अन्तर्गत खेलमा लेभान्टेसँग बराबरीमा रोकियो बार्सिलोना

  • प्रकाशित मिति: बैशाख २९, २०७८ / सञ्चारलय
alt

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ।

खेलको पहिलो हाफमा दुई गोलले पछि परेको घरेलु टोली लेभान्टेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछी बार्सिलोना ३-३ को बराबरीमा रोकिएको हो।

खेलको २५ औं मिनेटमा लियोनल मेस्सीको गोलमा अग्रता बनाएको बार्सिलोनाले पेड्रीको ३४ औं मिनेटको गोलमा पहिलो हाफ सकिँदा दुई गोलले अगाडि रहेको थियो।

दोस्रो हाफमा लेभान्टेका गोञ्जालो मेलेरोले खाता खोले। उनले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए। त्यसको दुई मिनेट नबित्दै जोस लुइस मोलारेसले गोल गर्दै खेल बराबरीमा ल्याए।

अर्कोतर्फ बार्सिलोनाका लागि ओस्माने डेम्बेलेले गोल फर्काउँदै खेल बार्सिलोनालाई फेरि अग्रता दिलाए। तर यसपटक पनि पुनरागमन गर्न घरेलु टोली सफल रह्यो। खेलको ८३ औं मिनेटमा सर्जिओ लिओनले गोल फर्काउँदा खेल ३-३ को बराबरीमा रोकिएको हो।

लेभान्टेसँग बराबरीमा रोकिएसँगै बार्सिलोनाको उपाधि होड कठिन बन्दै गएको छ। शीर्ष स्थानको एट्लेटीको मड्रिडले ३५ खेलबाट ७७ अंक जोडेको छ भने दोस्रो स्थानको बार्सिलोनाले ३६ खेलबाट ७६ अंक जोडेको छ।

त्यस्तै तेस्रो स्थानमा रहेको रियल मड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ। उता लेभान्टे ३६ खेलबाट ४० अंक जोड्दै तालिकाको १३ औं स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की