निषेधाज्ञामा चेकिङका लागि खटिएका प्रहरी हवल्दारको गाडीको ठक्करबाट मृत्यु

  • प्रकाशित मिति: बैशाख ३०, २०७८ / सञ्चारलय
alt

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्करबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा प्युठान अ‍ैरावती गाँउपालिका २ घर भई र हाल इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढा मगर रहेका छन् ।

इलाका प्रहरी कार्यलय, रुद्रपुरका अनुसार कञ्चन गाउपालिका वडा नं. ४ थकाली चोकस्थित ट्राफिक चेकिङको क्रममा आज बिहान अन्दाजी २ बजेको समयमा पहिचान खुल्न नसकेको गाडीले ठक्कर दिँदा ३६ वर्षीय मगरको घटनास्थलमा मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।

ठक्कर दिने गाडीको हरैया, लोन्डिहवा र लुम्बिनीमा राखिएका सिसि टिभी क्यामेराबाट लिइएको फुटेजको सहयताबाट खोजी भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की