विश्वकप छनोटमा चाइनिज ताइपेईमाथि नेपालको सहज जित

  • प्रकाशित मिति: जेठ २१, २०७८ / सञ्चारलय
alt

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेईमाथि सहज जित हासिल गरेको छ ।

नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। खेलको तेश्रो मिनेटमा अञ्जनले पेनाल्टी गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो। जसलाई अञ्जनले गोलमा परिणत गरे।

८१ औ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे। अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २–० ले अघि बढाएका थिए।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ।

नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ। नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ। जितविहीन ताइपेईको ६ खेलमा कुनै अंक छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की