रवि रिमालको जनता समर्पित गीत ‘नेताज्यु तिमीलाई माझी औँला’

  • प्रकाशित मिति: जेठ २४, २०७८ / सञ्चारलय
alt

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको कारण देश विगत एक महिना लामो समयदेखि निषेधाज्ञामा छ । निषेधाज्ञाका कारण सर्वसाधारणमा विभिन्न असर परेको छ । रोगले मार्ने त एकातिर छँदैछ, भने भोकले मर्ने अवस्था समेत निम्तिने अवस्था छ ।

देशमा भने भ्रष्टाचार, महँगी लगायत दिन प्रतिदिन बढ्दो छ । यस्तै राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै गायक रवि रिमालले ‘नेताज्यु तिमीलाई माझी औँला’ बोलको बनाएका छन् ।

गीतमा उनलाई र्याप गायनमा आयुस प्रतिक अधिकारीले साथ दिएका छन् । गीतमा शब्द, संगीत, संगीत संयोजन तथा म्युजिक भिडियो निर्देशन गायक रिमालकै रहेको छ ।

सँधैजसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रिमालले यसपाली केही फरक गीत ल्याएका हुन् । गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीको पीडा पनि छ । सुमनकुमार श्रेष्ठको छायाँकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन् ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की