सल्यानमा जिप दुर्घटना हुँदा ७ जना घाइते

  • प्रकाशित मिति: जेठ २४, २०७८ / सञ्चारलय
alt

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

भे १ च ३६६९ नम्बरको नेपालगन्जबाट शव बोकेर बन्गाड कुपिण्डे नगरपालिका–१० थापाचौर आउँदै गरेको जिप सोमबार बिहान ४ बजेतिर आगरनेटामा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी घाइते हुने चालक बन्गाड कुपिण्डे नगरपालिका ८ बाबियाचौरका वर्ष २६ का बलबहादुर कुँवर, वर्ष ४० का होमबहादुर गिरी, बन्गाड कुपिण्डे नगरपालिका १० थापाचौरका वर्ष २१ का आइतुलाल थापा, वर्ष ३२ का खोकलाल थापा, वर्ष २६ की हुर्मती थापा, वर्ष २० का केशव थापा र वर्ष ४५ का टोपबहादुर घर्ती रहेका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गम्भीर घाइते भएका जिप चालक बलबहादुर कुँवर, हुर्मती थापा र आइतुलाल थापालाई उपचारका लागि नेपालगन्ज लगिएको र अन्यको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की