हस्ताक्षर बुझाउन ठाकुर पक्षलाई एकसाता

  • प्रकाशित मिति: जेठ २६, २०७८ / सञ्चारलय
alt

काठमाडौं / निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षलाई केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाउन एक साताको समय दिएको छ। जसपामा सरकारको समर्थनमा रहेको ठाकुर पक्ष र सरकारको विपक्षमा रहेको उपेन्द्र यादवपक्षले एक अर्कालाई कारबाही गर्दै आधिकारीकतामा विवाद देखिएका बेला ठाकुर पक्षको मागबमोजिम एक साताको समय दिइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने नगर्ने विषयमा जसपाभित्र बढेको विवादमा जेठ १८ गते अध्यक्ष यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निस्कासन गरी दर्ता कितावमा विवरण अद्यावधिक गराउन आयोगलाई पत्र लेखेका थिए। सोही दिन अर्का अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई हटाइएको भन्दै दर्ता किताबमा अभिलेखीकरणका लागि आयोगमा पत्र लेखेका थिए।

दुवै पक्ष एकअर्कालाई कारवाहीमा उत्रिएपछि आयोगले पत्र लेख्दै दुवै पक्षको कानून बमोजिमको प्रक्रिया नपुगेकाले यादवलाई राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसुची १८ बमोजिमको निवेदन पेश गर्न र ठाकुरलाई बहुमत केन्द्रीय पदाधिकारीहरूको हस्ताक्षर ल्याउन भनेको थियो।

नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की