रोपाइँको मुखैमा मल अभाव स् मौज्दात भएर पनि किसान खाली हात

  • प्रकाशित मिति: जेठ २७, २०७८ / सञ्चारलय
alt

काठमाडौं / सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण वितरण प्रणाली असहज हुन गई किसानले मल नपाउने अवस्था सृजना भएको हो ।

अहिले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग ८५ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल मौज्दात छ । तर, त्यो मल किसानहरूसम्म पुग्न सकेको छैन । सरकारले मलको वितरण सहज भएको दाबी गरे पनि कृषि र साल्टका कर्मचारीहरूले नै मलको आपूर्ति सहज नभएको स्वीकार गरेका छन् ।

मल नभएर किसानले नपाएको भन्दा पनि वितरण प्रणाली असहज भएकाले किसानलाई सास्ती भएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले बताए । ‘मल ढुवानीमा निषधाज्ञाको प्रभाव परेकाले नै यति बेला वितरण सहज हुन नसकेको हो । असारदेखि निषेधाज्ञा खुकुलो भए वितरण सहज हुन सक्छ,’ उनले भने ।

असार शुरू हुनै लाग्दा देशैभरका किसानहरू रोपाइँ शुरू गर्ने तयारीमा छन् । तर, उनीहरूले धानलाई आवश्यक पर्ने मल पाउन सकेका छैनन् । किसानहरू मलका लागि घाममा दिनभरि लामो लाइन बस्दा समेत रित्तो हात घर फर्किन बाध्य छन् ।

सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम, सर्लाही, चितवन, बाँके बर्दियालगायत जिल्लामा किसानले मल नपाएको गुनासो बढिरहेको छ । सुनसरीका अगुवा किसान भुवनेश्वर यादव असार शुरू भएपछि ६ बिगाहा जग्गामा धान रोप्ने तयारीमा छन् । उनलाई युरिया, डीएपी र पोटास गरी करीब २० बोरा मल आवश्यक पर्छ । तर, उनले अहिलेसम्म एक बोरा मल पनि पाउन सकेका छैनन् ।

दिनभरि घाममा लाइन बसेर किसान रित्तै हात घर फर्किन बाध्य छन् । ‘यहाँका सहकारीसँग पनि पर्याप्त मल छैन हामीलाई कसरी दिन्छन्, काठमाडौंमा सरकारसँग मल भएर मात्र के गर्ने त्यो मल हामीसम्म पुग्ने वातावरण बनाउनु जरुरी छ,’

चैतेधान भित्र्याउने र वर्षेधान रोप्ने तयारीमा रहेका मोरङका किसानले पनि मलका लागि धेरै नै समस्या भोग्नु परेको बताएका छन् । मोरङ कानेपोखरीका अगुवा किसान मानबहादुर मगरले पनि अहिलेसम्म आफूले मल नपाएको गुनासो सुनाए ।

आर्थिक अभियान दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की