यस्तो छ आजको मौसम

  • प्रकाशित मिति: असार ३, २०७८ / sancharlaya
alt

काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षा भइरहेको र यस वर्ष मनसुनी वर्षाको सुरुआतमै अत्यधिक पानी पर्दा देशका विभिन्न भागमा बाढी तथा पहिरोको प्रकोप बढेको छ ।

आज (बिहीबार) देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही विभिन्न ठाउँमा वर्षा र भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ ।

आज दिउँसो र रातिसम्मै पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको भनाइ छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का केही स्थानमा मेघगर्जन तथा चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको केही भूभागमा भारी वर्षा हुने सम्भावना रहेकोले जोखिमयुक्त क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनुपर्ने बताइएको छ । खासगरी ती प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने र बाढी चल्न सक्ने सम्भावना देखिएको छ । साथै बाढी पहिरोका कारण यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की