बागलुङ बजारमा खानेपानीको हाहाकार

  • प्रकाशित मिति: असार ५, २०७८ / सञ्चारलय
alt

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पु¥याएपछि पाँच दिनयता बागलुङ बजारमा खानेपानी आपूर्ति हुन सकेको छैन ।

बागलुङ नगर खानेपानीले आवश्यकताभन्दा कम खानेपानीको आपूर्ति गर्दै आएको सो बजारमा अहिले खानेपानीको हाहाकार नै भएको छ । अहिले खानेपानी आयोजनाको पानी सदरमुकाम ल्याउने पाइपका ठाउँठाउँमा क्षति पुगेको छ । खानेपानीको मर्मतमा प्राविधिक र बागलुङ नगर खानेपानी तथा उपभोक्त संस्थाका कर्मचारी खटिए पनि हालसम्म पानी आपूर्ति हुन सकेको छैन ।

खानेपानीको अभावमा बागलुङ बजारका बासिन्दा डोकोमा गाग्री, बोतल तथा जार बोकेर बजार पारीको तित्याङ, गैँडाकोट तथा हाँडेपाखा धाउँदै आएका छन् । खानेपानी आपूर्ति नहुँदा कोरोना कहरमा सरसफाइमा समेत समस्या भएको बजारवासीले गुनासो गर्दै आएका छन् ।

पाँच दिनदेखि धारामा पानी नआउँदा शौचालय जानसमेत कठिन अवस्था आइसकेको बागलुङ बजारका स्थानीयवासीले जानकारी दिइएका छन् । बागलुङ बजारमा रेश खोला मुहान, भुदी खोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीका पाइप विभिन्न स्थानमा बाढीपहिराले क्षति पु¥याएको र पहिराले पाइप बगाउँदा बजार क्षेत्रभित्र पिउने पानी आपूर्ति हुन सकेको छैन । निरन्तरको प्रयासका बाबजुद रेश खोलाको मसहानको खानेपानी आज बेलुकासम्म बजार ल्याउने प्रयासमा रहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की