डेनमार्कलाई पराजित गर्दै इङ्ल्याण्ड फाइनलमा प्रवेश

  • प्रकाशित मिति: असार २४, २०७८ / सञ्चारलय
alt

काठमाडौं । युरोकप २०२० अन्तर्गतको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले डेनमार्कलाई २९१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । इङ्ल्याण्डको घरेलु मैदान वेम्ब्लीमा ६० हजार दर्शकमाझ आज बिहान सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो ।

पहिलो हाफको ३०औं मिनेटमा डेनमार्कका ड्याम्स गार्डले फ्रि९किकमार्फत उत्कृष्ट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर डेनमार्कको यो अग्रता धेरैबेर टिक्न भने सकेन ।

इङ्ल्याण्डका बुकाओ साकाले निकालेको क्रस बल डेनिस कप्तान सिमोन कायरलाई लागेर आत्मघाती गोल भएपछि पहिलो हाफ खेल बराबरीमा पुगेको थियो ।

दोस्रो हाफ र इन्जुरी समय पनि खेल बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको पहिलो हाफमा इङ्ल्याण्डले पाएको पेनाल्टीलाई इङ्लिस कप्तान ह्‍यारी क्यानले प्रहार गर्दा डेनिस गोल रक्षक कास्पर स्माइकलले सानदार बचाउ गरिदिएपनि रिबाउन्डमा फेरी केनको खुट्टामा फर्किएको बललाई दोस्रो मौका छोपरी केनले गोल गरेपछि इङ्ल्याण्ड विजय भएको हो ।

यो जीतसँगै इङ्ल्याण्ड सन् १९६६ पश्चात कुनैपनि प्रमुख प्रतियोगिताको फाइनलमा पहिलोपटक प्रवेश गरेको हो । ५५ वर्षअघि विश्वकप जितेको इङ्ल्याण्डले अब आफ्नो पहिलो युरोकपको उपाधीका लागि इटालीसँग आफ्नै घरेलु मैदानमा जुलाई ११ तारिखमा प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की