पाकिस्तानमा बसमा बम विस्फोट हुँदा चिनियाँसहित १३ को मृत्यु

  • प्रकाशित मिति: श्रावण १, २०७८ / sancharlaya
alt

एजेन्सी । पाकिस्तानको उत्तरी भागमा बुधबार एउटा यात्रुवाहक बसमा बम विस्फोट हुँदा ९ जना चिनियाँ नागरिकलगायत १३ जनाको ज्यान गएको छ ।बेइजिङले यस घटनालाई बम विस्फोटनको संज्ञा दिए पनि इस्लामावादले भने सवारी दुर्घटना मात्र भएको जनाएको छ । विस्फोटपछि बस सडक नजिकको खोंचमा खसेको थियो । यस घटनामा दुईजना पाकिस्तानी सैनिक पनि मारिएका छन् ।

प्रहरी तथा अन्तर्राष्ट्रिय समाचार निकायका अनुसार विस्फोट भएको स्थान पश्चिमी प्रान्त खाइबर–पाख्तुन्ख्वामा बेइजिङको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका जलविद्युत् परियोजनामा धेरै वर्षदेखि चिनियाँ इन्जिनियर र पाकिस्तानी निर्माण कामदारहरू कार्यरत रहँदै आएका छन् । पाकिस्तानस्थित चिनियाँ दूतावासले यस घटनामा आफ्ना नौ जना नागरिकले ज्यान गुमाएको पुष्टि गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको पूर्ण छानबिन तथा आफ्ना नागरिक र परियोजनाको रक्षा गरिने जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले यान्त्रिक गडबडीको कारण ग्यास चुहिँदा विस्फोट भएको जनाएको छ ।हाजारा क्षेत्रका एकजना वरिष्ठ सरकारी अधिकारीले नाम नखलाउने शर्तमा अपर कोहिस्तानस्थित दासु बाँधतर्फ गइरहेको सो बसमा ३० जना चिनियाँ इन्जिनियर रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की