पर्सामा वडा अध्यक्षसहित तीन जना लागुऔषध ब्राउन सुगरसहित पक्राउ

  • प्रकाशित मिति: श्रावण ५, २०७८ / सञ्चारलय
alt

पर्सा / पर्सा पहरीले लागुऔषध सहित पकाहामैनपुर गाउँपालिका १ का वडाअध्यक्ष र वडा सदस्यसहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाअध्यक्ष ५५ वर्षीय अमेमरीका सहनी, त्यही वडाका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र स्थानीय ५२ वर्षीय रामआदेश सहनीलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा जनप्रतिनिधिले लागुऔषध ओसारी रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका १९ बर्वास्थित सडकखण्डबाट ७९ ग्राम खैरो हिरोइन सहित आइतबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

वडा अध्यक्ष चलाइरहेको गाउँपालिकाको ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलको फिल्टर बक्सभित्र लुकाएर राखिएको ७९ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी जनाएको छ ।

वडा अध्यक्ष अमेरीका र वडा सदस्य बलिष्टर दुवैजना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की