उदयपुरमा ६५ वर्षीय वृद्ध माथि खुकुरी प्रहार गरी हत्या

  • प्रकाशित मिति: श्रावण ६, २०७८ / सञ्चारलय
alt

उदयपुर / जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने हत्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेका छन् ।

प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए । आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य शुरु गरेको छ ।

चौधरीको हत्यामा संलग्न खुुकरी प्रहार गर्ने सदा र खुकुरी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुर जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की