माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

  • प्रकाशित मिति: श्रावण ७, २०७८ / सञ्चारलय
alt

काठमाडौं / एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन्।

सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिएबमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको ओलीले बताए। ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष दिने हो। मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन म तयार छु,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने। ओली पक्षको तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांशले पार्टीलाई विभाजन गर्न दिनु हुँदैन भन्ने आवाज उठाएका थिए। त्यसपछि ओलीले मही नै मथेर भए पनि एकताका निम्ति पहल गर्ने बताएका हुन्।

उता नेपाललाई पनि पार्टी एकताका लागि दबाब बढेको छ। नेपालले बुधबार आफू निकटका नेतासँग छलफल गरेका थिए। त्यसक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू मुकुन्द न्यौपाने र रघुजी पन्तले आफ्ना धारणा राखेका थिए। न्यौपानेबाहेक सबैले पार्टी एकता कायम राख्नुपर्ने, कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न दबाब दिनुपर्ने, नेताहरूमाथि हुने गालीगलौज र अनैतिक गतिविधि रोक्नुपर्ने तथा स्पष्टीकरणका नाममा एकता र १० बुँदे सहमति कार्यान्वयनमा अवरोध गर्न नहुने बताएका थिए। नेपालले पनि आफू सम्मानजनक एकताका पक्षमा रहेको बताएका थिए।

नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की