आर्थिक अध्यादेशको गल्ती सच्याउँदै सरकार

  • प्रकाशित मिति: श्रावण ७, २०७८ / सञ्चारलय
alt

काठमाडौं / आर्थिक अध्यादेशको गल्ती सच्याउँदै सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको छ । अध्यादेशको दफा २० र २१ मा उल्लेखित शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुने विशेष व्यवस्था अन्तर्गत बिलम्ब शुल्कको ठाउँमा ब्याज लेखिएकोमा बिलम्ब शुल्कलाई नै ब्याजसरह गणना गरिने भन्दै अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको हो ।

सूचनामा अन्तःशुल्क ऐन २०५८ बमोजिम तिर्नुपर्ने अन्तःशुल्क रकम निर्धारित समयमा नबुझाए वापत विलम्ब शुल्क लाग्ने व्यवस्था सो दफाको कार्यान्वयनमा आशंका उत्पन्न भएकाले अर्थ मन्त्रालयले आर्थिक अध्यादेशको दफा १९ को अधिकार प्रयोग गरी अन्तmशुल्कको विलम्ब शुल्कलाई ब्याजसरह गणना गरी सो दफाको विशेष व्यवस्था कार्यान्वयन गरी बाधा अड्चन फुकुवा गर्ने निर्णय गरेको जनाइएको छ ।

मूल्य अभिवृद्धि कर ऐन २०५२, अन्तःशुल्क ऐन २०५८ र आयकर ऐन २०५८ बमोजिम २०७७ असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण वा संशोधित कर निर्धारण उपर चित्त नबुझेर पुनरावलोकनका लागि दिएको निवेदनमा विचाराधीन रहेको मुद्दामा झुट्टा तथा नक्कली विजकबाहेकका मुद्दा करदाताले फिर्ता लिई २०७८ मंसिर मसान्तभित्रमा ५० प्रतिशत ब्याज बुझाएमा बाँकी ब्याज मिनाहा गर्ने भनिएको थियो । तर, अन्तःशुल्क ऐनमा बिलम्ब शुल्क भनिएकाले यसलाई मन्त्रालयले सच्याएको हो ।

कारोबार दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की