उपत्यकामा संक्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाउन थालियो

  • प्रकाशित मिति: श्रावण ७, २०७८ / सञ्चारलय
alt

काठमाडौं / राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो ।

विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका बेला पछिल्लो समय उपत्यकाका अधिकांश अस्पतालमा कोभिडको लक्षण देखिने बालबालिकाको संख्या बढिरहेको छ ।तेस्रो चरणको संक्रमण आउन सक्ने आँकलन गर्दै कामपाले महानगर क्षेत्रका तीन आइसोलेसन सेन्टरलाई थप स्वाथ्य सामग्रीसहित व्यवस्थित गर्न शुरू गरेको छ । कामपा शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कँवरले महानगरले व्यवस्थापन गरेको सामाखुसीको राधास्वामी, क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी अस्पतालमा रहेको आइसोलेसन सेन्टरलाई व्यवस्थित गर्न शुरू गरेको जानकारी दिए ।

कामपाले नरदेवी आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टर बन्द गरिसकेको थियो तर संख्या ह्वात्तै बढेपछि फेरि खुला गर्ने योजना बनाएको छ । तथ्यांकअनुसार मंगलबार राजधानीमा झन्डै ४ सयको हाराहारीमा संक्रमित बढेको छ । उक्त दिन उपत्यकामा करिब ७ सय संक्रमित फेला परेको थियो । संक्रमणको दर बढेपछि थप योजना तयार गर्न थालेको जानकारी गराउँदै कुँवरले भने– ‘काठमाडौंमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सबै तयारी थालेका छौ ।’ महानगरले लक्षण देखिएको वडा र क्षेत्रमा पुगेर तत्काल पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ ।

नेपाल समाचारपत्रबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की