जबरजस्ती करणीको झुठा जाहेरी दिँदा...

  • प्रकाशित मिति: श्रावण ७, २०७८ / सञ्चारलय
alt

काठमाडौं / त्यस दिन दिउँसो ४ बजेतिर प्रहरी कार्यालयमा फोन आयो। प्रहरीलाई एक महिलाले रुँदै भनिन्, ‘ममाथि जबरजस्ती भयो।’ प्रहरी तत्काल उनको घर पुग्यो। महिलाले आफूलाई जबरजस्तीको प्रयास गरेको आरोप लगाएका पुरुषलाई पक्राउ गर्‍यो। प्रहरीमा ती महिलाको जाहेरी पनि पर्‍यो। प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा हाल्यो। ती आरोपित पुरुषलाई अदालतले अनुसन्धानका लागि कारागार पनि पठायो।

०७६ साल असार २४ गते त्यसरी पक्राउ परेर जेल गएका पुरुष भने त्यसै साल कात्तिकमा छुटे। यो साता भने ती महिलालाई पक्रेर प्रहरीले जेल पठाएको छ। भएको के थियो भने अदालतले ती महिलाले पुरुषविरुद्ध झुठा जाहेरी दिएको ठहर्‍याएको थियो। उनको जाहेरीको आधारमा जेल परेका ४९ वर्षे पुरुष अदालतको २०७६ साल कात्तिक ४ गतेको निर्णयपछि छुटेका थिए। महिला आफ्नै घरतिर थिइन्। गत महिना, असार २८ गते भने प्रहरीले उनलाई पक्रेको हो।

कास्की अदालतका न्यायाधीश काजीबहादुर राईको इजालासले ती महिलालाई एक महिना कारागार सजायको फैसला सुनाएको थियो। फैसलापछि महिला फरार सूचीमा थिइन्। प्रहरीले फरार सूचीका प्रतिवादी खोज्ने क्रममा पक्रेर उनले भुक्तान गर्न बाँकी रहेको जेल सजायका लागि जेल पठाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवा हमाल बताउँछन्।

सर्वाेच्च अदालतबाट जारी विशेष प्रकृतिका मुद्दाहरूको कारबाही गोपनियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका २०६४ अनुसार ती जाहेरवाला महिलाको वास्तविक नाम अदालतको फैसलामा उल्लेख छैन। परिवर्तित भनेर ‘पोखरा ११२’ नाम दिइएको छ।

पोखरा ३२ खुदीखोला बस्ने ती महिलाले गरेको चरित्र हत्या, दोष लगाउने कार्य औचित्यपूर्ण नदेखिएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ (क) बजोजिम कैद सजाय ठहर भएको थियो। २०७४ मा बनेर २०७५ सालदेखि लागू भएको फौजदारी संहिताले गम्भीर प्रकृतिका कतिपय विषयमा झुठा मुद्दा लगाए मुद्दा लगाउनेलाई नै सजाय हुने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार महिलालाई १ महिना कारागार सजाय भएको हो।

अन्नपूर्ण पोस्टबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की