कुवेतमा चर्को घाममा काम गर्ने १३ श्रमिक पक्राउ

  • प्रकाशित मिति: श्रावण २९, २०७८ / sancharlaya
alt

दोहा । कुवेतमा चर्को घाममा काम गर्ने १३ विदेशी श्रमिक पक्राउ परेका छन् ।

कुवेतस्थित पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को फरवानीया गभर्नरोरेटका पेशागत सुरक्षा विभागका प्रमुख अहमद दश्तीका अनुसार निरीक्षणको क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए ।

पीएएमको टोलीले तीन वटा साइटहरुमा निरीक्षण गर्दा नियम उल्लंघन गर्ने कम्पनीहरुलाई कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ ।

जसमा विभागले निरीक्षण गर्दा १३ जना कामदारले कानून उल्लंघन गरेको विभागका प्रमुख अहमद दश्तीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । यसअघि पनि विभिन्न साइटहरूको निरीक्षण गर्दा २८१ कम्पनीलाई कारबाही र नियम उलङ्घन गर्ने ४३९ कामदारलाई पक्राउ गरेको थियो ।

रोजगारदाताहरुलाई कामदारहरुको सुरक्षाको ग्यारेन्टी गर्ने र कानुनी उत्तरदायित्वबाट टाढा रहन निर्णयको पालना गर्न पीएएमले पटक पटक आग्रह गर्दै आएको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की