विश्वकै ठूला र महँगा ईपीएल, ला लिगा र बुन्डेसलिगा फुटबल लिग आजदेखि

  • प्रकाशित मिति: श्रावण २९, २०७८ / sancharlaya
alt

काठमाडौं । विश्वका चर्चित तीन फुटबल लिग आजदेखि सुरु हुँदैछन्। इंग्ल्यान्डको शीर्ष डिभिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल), स्पेनको ला लिगा र जर्मनीको बुन्डेसलिगा एकै दिन सुरु हुन लागेका हुन्।

प्रिमियर लिगमा लिभरपुरका डिफेन्डर भर्जिल भान डाइक फर्किएपछि उसले यो सिजनमा पछिल्लो सिजनको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने अड्कल काटिएको छ। प्रिमियर लिग २०२१(२२ को उद्घाटन खेलमा लण्डन क्लब आर्सनलले नवप्रवेशी ब्रेन्टफोर्डसँग खेल्नेछ ।

उपाधि जित्नका लागि उत्साहित चेल्सीले पनि बलिया फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गरेको छ। त्यस्तै, म्यानचेस्टर युनाइटेडले जर्मनीको बोरुसिया डर्टमन्ड क्लबबाट जाडर्न सान्चे क्लबमा भित्र्याएको छ।

म्यानचेस्टर सिटीको बलियो स्क्वाड त यथावत् छ। त्यसैले यो सिजन चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र युनाइटेड नै उपाधिका प्रमुख दाबेदार हुन्।स्पेनिस क्लब बार्सिलोनाले विश्वचर्चित प्लेमेरकर लियोनेल मेस्सीलाई क्लबमा स्थान दिन नसकेपछि उसले आलोचना खप्दै आएको छ। मेस्सी भने अहिले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा पुगेका छन्।

गत साता सुरु भइसकेको लिग वानको पहिलो चरणको खेल सकिएका छन्। यो सप्ताहन्तमा लिग वानमा दोस्रो चरणको खेल हुँदैछ। इटालीको सिरी ए भने अर्को अगस्त २१ बाट सुरु हुनेछ।बुन्डेसलिगमा भने बायर्न, लाइप्जिक र बोरुसिया डर्टमन्ड उपाधि दाबेदार छन्। तर तुलनात्मक रुपमा हरेक सिजन बलियो देखिने बायर्नले यो सिजन पनि उपाधि जित्ने धेरैको अनुमान छ।

आजको खेल

ईपीएल :ब्रेन्टफर्ड र आर्सनल, राति पौने १ बजे

ला लिगा : भ्यालेन्सिया र गेटाफे, राति पौने १ बजे

बुन्डेसलिगा : मोन्छेनग्लाडबाख र बायर्न, राति सवा १२ बजे

 

तपाईको प्रतिक्रिया दिनुहोस्

नयाँ गीत ‘तिम्रै हुन ...

काठमाडौं । गायिका विन्दु परियारले नयाँ गीत ‘तिम्रै हुन पाउँ’ ल्याएकी छन् । माया प्रेमका ...

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की