१८ वर्ष माथिका विद्यार्थीलाई आजदेखि खोप लगाइँदै

  • प्रकाशित मिति: भदौ ४, २०७८ / sancharlaya
alt

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार) देखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको हो ।

आज, भोलि र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

विद्यार्थीहरुले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् ।

साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि विद्यार्थीहरुले कोरोना खोप लगाउन पाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की