प्रदेश १ का छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुदाँ चार जनाको मृत्यु

  • प्रकाशित मिति: भदौ ७, २०७८ / sancharlaya
alt

विराटनगर । प्रदेश १ का छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

उदयपुरको बेलका नगरपालिका–५ गलेनीमा मोटरसाइकलको ठक्करले स्थानीय ८० वर्षीय रामबहादुर श्रेष्ठको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको हो ।

यस्तै खोटाङको केपिलासगढी–५ मा ना५त ६६०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २३ वर्षीय दिनेश राई रहेका छन् । यस्तै सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिका–५ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय ३० वर्षीय सुमन राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

उदयपुरको त्रियुगा–३ मा बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा स्थानीय ३२ वर्षीय शान्तिराम राईको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की